काठमाडौं, १३ पुस । काठमाडौं विश्वविद्यालय (केयू) र ब्रिजिन फाउन्डेसनबीच सहयोग सम्झौता भएको एक वर्ष पूरा भएको छ ।
सहयोग सम्झौता २५ डिसेम्बरमा भएको एक वर्ष पूरा भएको हो । ९ पुस २०७६ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर केयूका उपकुलपति डा. रामकण्ठ माकाजु श्रेष्ठले फाउन्डेसनका अध्यक्ष ताङ्को मोडोयुसँग सम्झौता गरेका थिए ।
सम्झौतामा १२ करोड अमेरिकी डलर (करिब १३ अर्ब रुपैयाँ) दिने उल्लेख भएको थियो । तर एक रुपैयाँ प्राप्त नगरेको बताइएको छ।

सहयोग रकम आउनु त कता हो कता काठमाडौं आउन पनि मोडोयुलाई केयूले नै प्लेन टिकटको जोहो गरेको पाइएको छ । फाउन्डेसनका अध्यक्षको आउजाउ खर्च व्यहोर्दा नै कलेजको लाखौं खर्च भएको जनाइएको छ ।



