advertisement

उनले भने, स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय भएको छ । कोरोनाबाट जोगिँदै पढाइलाई निरन्तरता दिन खोजेका हौं ।

भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने आवश्यता अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ सञ्चालन गर्न लागेको उनले जानकारी दिए । यद्यपि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गर्न सकिने त्रिविद्वारा जारी सूचनामा उल्लेख छ ।

" /> त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा पढाइ सञ्चालन हुने - Sarbocha Media

त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा पढाइ सञ्चालन हुने

`

     २०७७ मंसिर १६ गते ९:५५

काठमाडौं, १६ मंसिर । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित पठनपाठन सञ्चालन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको रेक्टर प्रा.डा. शिवलाल भुसालले जानकारी दिनु भयो।

advertisement

उनले भने, स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय भएको छ । कोरोनाबाट जोगिँदै पढाइलाई निरन्तरता दिन खोजेका हौं ।

भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने आवश्यता अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ सञ्चालन गर्न लागेको उनले जानकारी दिए । यद्यपि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गर्न सकिने त्रिविद्वारा जारी सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?