advertisement

रुसले कोरोनाभाइरसविरुद्ध दुईवटा खोप बनाएको छ। एउटाको नाम स्पुतनीक पाँच हो भने अर्को खोपको नाम इपिभ्याक कोरोना हो।

तेस्रो खोप पनि अहिले बन्ने क्रममा नै रहेको अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुले यो खोपको चिकित्सकीय परीक्षण पनि यही वर्ष सन् २०२० सम्ममा सम्पन्न भइसक्ने बताएका छन्।

सरकारले नयाँ वर्ष अगाडि नै आम रुपमा निःशुल्क खोप वितरण शुरु गर्ने लक्ष्य राखेको अधिकारीहरुले जनाएका छन्। यो कार्य विभिन्न चरणमा हुने पनि रुसको प्रशासनिक केन्द्रका प्रवक्ता डिमित्री पेस्कोभले जानकारी दिए।

" /> रुसका ४ लाख सैन्य कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइने - Sarbocha Media

रुसका ४ लाख सैन्य कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइने

`

     २०७७ मंसिर १४ गते ८:४८

एजेन्सी, १४ मंसिर ।  रुसका चार लाख सैन्य कर्मचारीलाई कोरोनाभाइरस विरुद्धको खोप दिने तयारी भएको छ। रक्षा मन्त्री सेर्गेइ शोइगुले देशका सैन्य कर्मचारीहरुलाई खोप दिने योजना बनाइएको बारेमा शुक्रबार बताए।

राष्ट्रपति कार्यालयको निर्देशन बमोजिम सरकारले सैन्य कर्मचारीहरुलाई खोप दिने तयारी गरिरहेको रक्षा मन्त्रालयको बोर्ड बैठकमा उनले बताएका हुन्।

‘आजको मितिसम्म दुई हजार ५०० जनालाई खोप दिइसकिएको छ’, उनले भने, ‘यो वर्षको अन्त्यसम्ममा खोप पाउनेको सङ्ख्या असी हजार पुग्नेछ।’

advertisement

रुसले कोरोनाभाइरसविरुद्ध दुईवटा खोप बनाएको छ। एउटाको नाम स्पुतनीक पाँच हो भने अर्को खोपको नाम इपिभ्याक कोरोना हो।

तेस्रो खोप पनि अहिले बन्ने क्रममा नै रहेको अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुले यो खोपको चिकित्सकीय परीक्षण पनि यही वर्ष सन् २०२० सम्ममा सम्पन्न भइसक्ने बताएका छन्।

सरकारले नयाँ वर्ष अगाडि नै आम रुपमा निःशुल्क खोप वितरण शुरु गर्ने लक्ष्य राखेको अधिकारीहरुले जनाएका छन्। यो कार्य विभिन्न चरणमा हुने पनि रुसको प्रशासनिक केन्द्रका प्रवक्ता डिमित्री पेस्कोभले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?