एजेन्सी, २८ कात्तिक । बेलायतमा गरिएको एक अध्ययनले कोरोना संक्रमण निको भएपछि पनि धेरै जना विभिन्न मानसिक समस्याबाट पीडित रहेको देखाएको छ।
अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले गरेको अध्ययनमा कोरोना निको भएका प्रत्येक ५ जनामध्ये एक जना मानसिक समस्याबाट पीडित पाइएको हो।

उनीहरूमा फरक–फरक मानसिक समस्य देखिएको अनुसन्धानकर्तालाई उधृत गर्दै भारतीय पत्रिका दैनिक भास्करले समाचार लेखेको छ।
वैज्ञानिकका अनुसार कोरोनाबाट मुक्त धेरै व्यक्तिलाई सहभागी गराई यो अनुसन्धान गरिएको हो। जसअन्तर्गत कोरोना ठीक भएका २० प्रतिशत मानिसमा मस्तिष्कसम्बन्धी समस्या देखापर्न थालेको पाइएको अनुसन्धानले देखाएको हो।
धेरैलाई एन्जाइटी, डिप्रेसन र अनिद्राका समस्या देखिएको अनुसन्धानकर्ताले बताएका छन्।




