एजेन्सी, २७ कात्तिक । अहिले त घुख नभई सरकारी कार्यालयमा कुनै फाइल नै सर्दैन । जताततै घुस दिनुपर्दा जनताहरु आजित छन् । तर जनतासँग कुनै उपाय पनि हुँदैन ।
सरकारी कर्मचारीले नियमित जसो घुस मागेर दुख दिएका एक किसानले अनौठो तरिका अपनाएका छन् । किसानले आफ्नो भैंसी नै सरकारी कर्मचारीलाई दिएका छन् ।
यो घटना भारतीय राज्य मध्यप्रदेश, खडकपुरको हो । खडकपुरका भूमि कर अधिकारी तहसील दार ले किसानसँग घुस मागेका थिए । तहसील दारलाई घुस दिनका लागि किसानसँग नगद रुपैयाँ थिएन ।

त्यसपछि किसानले तहसीलदारको गाडीमा आफ्नो भैसीको दाम्लो बाँ धि दिए । ‘घुस दिनलाई मसँग पैसा छैन, यो भैंसी लैजानुहोस्’ भन्दै किसानले तहसीलदारको गाडीमा आफ्नो भैंसी बाँ धि दिए ।
तहसीलदारले किसानसँग १ लाख रुपैयाँ घुस मागेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार खडकपुरका तहसीलदार सुनील बर्माले जमिनको दर्ता प्रयोजनका लागि १ लाख घुस मागेका थिए ।
सरकारी कर्मचारीले घुस मागेपछि किसानले गाडीमा भैंसी बाँधिदिएको खबर उत्तर प्रदेशमा चर्चाको विषय बनेको थियो ।
किसानले अहिले माथिल्लो सरकारी निकायमा तहसीलदार बर्माविरुद्ध उजुरी गरेपछि सरकारी अधिकारीले तहसीलदार बर्मामाथि अनुसन्धान गर्ने प्रतिवद्धता जनाएका थिए ।




