एजेन्सी, २० कार्तिक । भारतीय पत्रकार अर्नव गोस्वामीलाई अनुसन्धान गरिने भएको छ ।
बुधबार मुम्बइ प्रहरीले घरबाटै पक्राउ गरिएका भारतीय रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नव गोस्वामीलाई १४ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिने भएको हो ।

समाचार एजेन्सी एएनआइका अनुसार गिरफ्तारीका क्रममा आफ्नी पत्नी, छोरा र सासु–ससुरामाथि समेत पुलिसले हातपात गरेको गोस्वामीको आरोप छ ।




