एजेन्सी, ०९ माघ । नाइजिरिया एक व्यक्तिले एउटा घर बनाउन २० वर्ष खर्च गर्दा पनि पूरा गर्न सकेको छैन ।
नाइजिरियाको राजधानी अबुजाका निर्माण व्यवसायी साइद जमालले एउटा घर बनाउन २० भन्दा बढी वर्ष खर्च गरेका छन् । साइद जमालले आफूलाई सबैले चिनून् भनेर परिवार तथा देशका लागि उपहारस्वरूप हवाईजहाज जस्तो देखिने घर बनाएका हुन् ।

जमालले यात्रा गर्न मन पराउने आफ्नी श्रीमती सधै आफू साथै रहुन र उनलाई सधैं विमान चढेको अनुभूति होस् भन्ने उद्धेश्यले विमान जस्तो घर बनाएको सुनाउँछन् । सन् १९९९ मा बनाउन सुरु गरेको यो घर अहिले पनि बन्दै छ ।
६ जना सन्तानका पिता रहेका उनका लागि यो जहाज घर मात्र होइन उनको मूल घर हो । जमालको यो घर अहिले पर्यटकको आकर्षण बनेको छ ।




