एजेन्सी, १५ भदौ । लद्दाखमा फेरि भारत र चीनबीच झडप भएको छ ।
सीमा क्षेत्रबारे भएको सहमतिको चिनियाँ सैनिकले उल्लंघन गरेपछि झडप भएको जनाइएको छ। झडप २९ अगष्टमा भएको थियो । यस विषयमा थप जानकारी भने आउन बाँकी छ ।

केही समय अगाडि भारतीय विदेशमन्त्री एस जयशंकरले भारत चीन सीमा रेखामा तनाव १९६२ पछि सबैभन्दा गम्भीर स्थितिमा रहेको बताएका थिए ।




