काठमाडौं, १२ भदौ । नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले प्राप्त गरेकी छन् । उनी नेपाल आईडलको पहिलो महिला विजेता बनेकी छन् ।
नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बनेका छन् । यस्तै सेकेन्ड रनरअपको उपाधि भने किरणकुमार भुजेलले उचालेका छन् । आज( शुक्रबार) देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा नेपाल आइडलको विजेता घोषणा घोषणा गरेका छन्।
हरेक हप्ता बिहीबार र शुक्रबार एपी वान एचडी टेलिभिजनबाट प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो। प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका हुन्।

नेपाल आइड–९३ को उपाधिसहित विजेताले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।



