एजेन्सी, १९ साउन । भारतको कर्नाटक राज्यका मुख्यमन्त्री बीएस येदियुरप्पालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
कर्नाटकको मणिपाल अस्पतालमा उपचार भइरहेको उनको स्वास्थ्य अवस्था समान्य जनाइएको छ। उनले ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका हुन्।

उनले आफ्नो सम्पर्कमा आएका आएकाअरुलाई पनि परीक्षण गर्न र सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।




