एजेन्सी, १९ साउन । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगेका दुई जना अन्तरिक्षयात्रीहरू पृथ्वीमा फर्किएका छन्।
अन्तरिक्षयात्रीहरू बब बेन्कन र डग हर्ली पृथ्वीमा फर्किएका हुन्। स्पेस एक्स ड्रयागन क्याप्स्यूल नाम गरेको अन्तरिक्ष यानबाट फर्केका ती दुई अन्तरिक्षयात्रीहरूले पश्चिमी फ्लोरिडाको पेन्साकोलाको तटको दक्षिण तर्फ रहेको गल्फ अफ मेक्सिकोमा अवतरण गरेका थिए।

लगत्तै उनीहरूलाई त्यसबाट निकाल्न उद्धारका लागि तयार पारिएको पानीजहाज पुगेको थियो। यो ४५ वर्षअघि अपोलो कमान्ड मोड्युलको अन्तिम अवतरणपछि पहिलो पटक पानीमा अवतरण गरेको अमेरिकी मानवसहितको यात्रा हो। बीबीसीबाट ।




