काठमाडौं, ४ माघ । बलिउड अभिनेता कार्तिक आर्यन र अभिनेत्री सारा अलि खान अभिनित नयाँ चलचित्र ‘लभ आजकल ’को ट्रेलर सार्वजनिक भएको छ ।
advertisement
कार्तिक र साराको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो । ट्रेलरमा कार्तिक र साराबिच प्रेम, रोमान्स, झगडालाई देखाइएको छ । चलचित्रको ट्रेलरमा दुई पुस्ताको प्रेमलाई देखाइएको छ । यो चलचित्र लभ आजकलको दोस्रो भाग हो ।
इम्तियाज अलिको निर्देशन रहेको चलचित्रमा सारा, कार्तिकसँगै रणदिप हुडा, आरुषी शर्माको मुख्य भूमिका रहेको छ । चलचित्र यहि आँउदो फेब्रुअरी १४ मा रिलिज हुदैँछ ।
यसअघि निर्देशक इम्तिायाज अलिकै निर्देशनमा बनेको लभआजकलमा सैफअलि खान र दिपिका पादुकोणको मुख्य भूमिका रहेको थियो । चलचित्रले बक्सअफिसमा सुखद कमाई गरेको थियो ।




