एजेन्सी, २३ असार । विश्व कोरोना महामारीको चपेटामा परिरहेको यो समयमा विश्वभर विभिन्न अनुसन्धान भइरहेको छ । यसै क्रममा संयुक्त राष्ट्र संघको पर्यावरणसंग जोडिएका एक संस्थाले यदि मानिसहरूले वन्य जीवहरूलाई मार्न र सताउन जारी राखे कोरोना भाइरस संक्रमणजस्ता बढी रोगहरूको सामना गर्नुपर्ने हुन सक्ने जनाएको छ ।
संयुक्त राष्ट्र संघको पर्यावरण कार्यक्रम र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थानको एक रिपोर्टका अनुसार वातावरणीय जोखिम, प्राकृतिक स्रोतको वन्य शोषण, मौसम परिवर्तन र जंगली जनावरको उत्पीडन कोरोना भाइरस जस्ता खतरनाक संक्रमणको लागि जिम्मेवार छन्।संयुक्त राष्ट्रका विज्ञहरू भन्छन्, ‘विगतका केही वर्षहरूमा जनावर र चराबाट मानवमा फैलिएको रोग लगातार बढेको छ।’ विज्ञानको भाषामा त्यस्ता रोगहरूलाई जुनोटि डिजिज भनिन्छ।

वातावरणीय र स्वास्थ्य विशेषज्ञहरूले चेतावनी दिएका छन्,’ यदि मानिसहरूले वातावरण र वन्यजन्तुहरू बचाउँदैनन् भने उनीहरूलाई विभिन्न रोग लाग्न सक्छ।’ संयुक्त राष्ट्र संघको प्रतिवेदन अनुसार प्रोटिनको बढ्दो मागको लागि जनावरहरू मारिन थालेको छ र मानवले यसको बोझ सहनुपरेको छ।




