उक्त रिट्वीटपछि भारतीय सञ्चारमाध्यमहरू मनीषाविरुद्ध खनिए । एबीपीले त ‘भारतकाे खाएर चीनकाे गीत गाउने’ भन्दै गम्भीर आराेपसम्म लगायाे । केही भारतीय सामाजिक सञ्जाल प्रयाेगकर्ताले मनीषालाई बहिष्कार गर्नुपर्ने भन्दै ह्यासट्याग समेत चलाए ।

मनिषाको बचाउमा नेपाली कलाकारले खुलेरै समर्थन गरिरहेका छन् । कतिपय सेलिब्रेटीले मनिषाको पक्षमा आफ्नो आवाज राख्दै भारतीय सञ्चार माध्यम र सामाजिक प्रयोगकर्ताले उनीसँग माफी समेत माग्नु पर्ने धारणा राखेका छन् ।

सीमा विवादबारे बाेल्दा बलिउडकी अभिनेत्री मनिषाकाे पक्षमा नेपालमा वाहवाही भइरहेकी बेला यता नेपालकी अभिनेत्री वर्षा राउत भने ओलोचित बन्न पुगेकी छन् । अहिले वर्षालाई नेपाली भूमिको भन्दा पनि आफ्ना भारतीय साथीहरुको बढी चिन्ता भएको भन्दै सामाजिक सञ्जालमा धेरैले आक्रोश पोखिरहेका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएकाे भिडियाेमा वर्षाले भारतीय साथीहरुसँग आफूले ‘फेस’ गर्न गाह्राे भएकाे बताएकी छन् । उनले नेपाली र भारतीय पत्रकार मिलेर झगडा गराइरहेकाे गम्भीर आरोप समेत लगाएकी छन् ।

सार्वजनिक भिडियाेमा उनले भनेकी छन्- ‘देशको माया लाग्छ भन्दैमा ए होइन, यो त हाम्रै हो, तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने होइन नि, यो त भारत सरकार र नेपाल सरकार मिलेर पो कुरा गर्ने हो त । यहाँ भारतीय र नेपाली पत्रकार मिलेर झगडा गराइरहेका छन् । मेरो भारतीय साथीहरुसँग म कसरी फेस गर्ने अनि भारतीय साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेकाे अवस्था छ ।’

वर्षकाे उक्त अभिव्यक्तिले उनी अहिले आलोचित बन्न पुगेकी हुन् । अहिले सामाजिक सञ्जालमा वर्षा र मनिषाबीच तुलनासमेत भइरहेकाे पाइन्छ । शिवराज पाेखरेले ट्वीटरमा लेख्छन्- मनिषा काेइराला, अनुपम खेर जस्काे फ्यान नेपालमा भन्दा भारतमा बढी छन्, तर पनि उहाँहरूले फ्यानकाे मतलब नगरी नेपाललाई सपाेर्ट गर्नुभयाे, वर्षा राउतलाई भारतीयसँग फेस गर्न गाह्राे भयाे रे, कति वटा फिल्मकाे अफर आएकाे थियाे कुन्नि ?

अहिले धेरै सामाजिक सञ्जाल प्रयाेगकर्ता अभेनेत्री वर्षामाथि खनिएका छन् । कसैले वर्षालाई ‘जलप’वाला कलाकार भएकाे समेत भनेका छन् । कसैले त ‘लिपुलेक दे, वर्षा राउत लैजा’ भन्न समेत भ्याएका छन् ।

यसैबी वर्षा राउतले माफी मागि सकेकी छन् । उनले बाेल्दै जाँदा जिब्रो चिप्लिए पनि मनभित्र आफ्नो देश भएकाे बताएकी छन् । ‘प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताको सम्मानमा अलिकति पनि चुकेकी छैन, अलिकति पनि तलमाथि परेकी छैन,’ उनले लेखेकी छन् ।

उनले आफूलाई नेपाली हुनुमा गर्व भएको पनि बताएकी छन् । ‘ संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र ? त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गीकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ,’ उनले लेखेकी छन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकाे भएकाे र अाफू त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार भएकाे पनि उनले बताएकी छन् । ‘हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिकमात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपालीसँगै उभिएर समर्थन गर्नुपर्छ, उनले लेखेकी छन् ।

" /> सीमा विवादबारे बाेल्दा वर्षा राउत आलोचित, भन्न थाले- ‘लिपुलेक दे, वर्षा राउत लैजा’ - Sarbocha Media

सीमा विवादबारे बाेल्दा वर्षा राउत आलोचित, भन्न थाले- ‘लिपुलेक दे, वर्षा राउत लैजा’

`

     २०७७ ज्येष्ठ ११ गते १२:२१

काठमाडाैं, ११ जेठ । सरकारले गत बुधबार दिउँसो लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनैतिक/प्रशासनिक नक्सा औपचारिक रुपमा सार्वजनिक गर्याे । सरकारले सार्वजनिक गरेकाे उक्त नयाँ नक्सालाई सबै नेपालीले स्वागत गरे, सरकारकाे तारिफ गरे । सरकारलाई धन्यवाद पनि दिए ।

भारतमा कर्मथलाे बनाएकी बलिउड अभिनेत्री मनिषा कोइरालाले पनि नेपालकाे नयाँ नक्साकाे समर्थन गरिन् । उनले नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीद्वारा गरिएकाे एक ट्वीटलाई रिट्वीट गर्दै नेपालकाे नयाँ नक्साकाे समर्थन गरेकी थिइन् ।

अभिनेत्री काेइरालाले मन्त्री ज्ञवालीकाे ट्वीटलाई रिट्वीट गर्दै लेखेकी थिइन्, ‘हाम्राे सानाे राष्ट्रकाे गरिमालाई बनाइराख्नु भएकाेमा धन्यवाद । हामी सबै तीन महान् राष्ट्रबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताकाे आशा गर्छाैँ ।’

उक्त रिट्वीटपछि भारतीय सञ्चारमाध्यमहरू मनीषाविरुद्ध खनिए । एबीपीले त ‘भारतकाे खाएर चीनकाे गीत गाउने’ भन्दै गम्भीर आराेपसम्म लगायाे । केही भारतीय सामाजिक सञ्जाल प्रयाेगकर्ताले मनीषालाई बहिष्कार गर्नुपर्ने भन्दै ह्यासट्याग समेत चलाए ।

मनिषाको बचाउमा नेपाली कलाकारले खुलेरै समर्थन गरिरहेका छन् । कतिपय सेलिब्रेटीले मनिषाको पक्षमा आफ्नो आवाज राख्दै भारतीय सञ्चार माध्यम र सामाजिक प्रयोगकर्ताले उनीसँग माफी समेत माग्नु पर्ने धारणा राखेका छन् ।

सीमा विवादबारे बाेल्दा बलिउडकी अभिनेत्री मनिषाकाे पक्षमा नेपालमा वाहवाही भइरहेकी बेला यता नेपालकी अभिनेत्री वर्षा राउत भने ओलोचित बन्न पुगेकी छन् । अहिले वर्षालाई नेपाली भूमिको भन्दा पनि आफ्ना भारतीय साथीहरुको बढी चिन्ता भएको भन्दै सामाजिक सञ्जालमा धेरैले आक्रोश पोखिरहेका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएकाे भिडियाेमा वर्षाले भारतीय साथीहरुसँग आफूले ‘फेस’ गर्न गाह्राे भएकाे बताएकी छन् । उनले नेपाली र भारतीय पत्रकार मिलेर झगडा गराइरहेकाे गम्भीर आरोप समेत लगाएकी छन् ।

सार्वजनिक भिडियाेमा उनले भनेकी छन्- ‘देशको माया लाग्छ भन्दैमा ए होइन, यो त हाम्रै हो, तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने होइन नि, यो त भारत सरकार र नेपाल सरकार मिलेर पो कुरा गर्ने हो त । यहाँ भारतीय र नेपाली पत्रकार मिलेर झगडा गराइरहेका छन् । मेरो भारतीय साथीहरुसँग म कसरी फेस गर्ने अनि भारतीय साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेकाे अवस्था छ ।’

वर्षकाे उक्त अभिव्यक्तिले उनी अहिले आलोचित बन्न पुगेकी हुन् । अहिले सामाजिक सञ्जालमा वर्षा र मनिषाबीच तुलनासमेत भइरहेकाे पाइन्छ । शिवराज पाेखरेले ट्वीटरमा लेख्छन्- मनिषा काेइराला, अनुपम खेर जस्काे फ्यान नेपालमा भन्दा भारतमा बढी छन्, तर पनि उहाँहरूले फ्यानकाे मतलब नगरी नेपाललाई सपाेर्ट गर्नुभयाे, वर्षा राउतलाई भारतीयसँग फेस गर्न गाह्राे भयाे रे, कति वटा फिल्मकाे अफर आएकाे थियाे कुन्नि ?

अहिले धेरै सामाजिक सञ्जाल प्रयाेगकर्ता अभेनेत्री वर्षामाथि खनिएका छन् । कसैले वर्षालाई ‘जलप’वाला कलाकार भएकाे समेत भनेका छन् । कसैले त ‘लिपुलेक दे, वर्षा राउत लैजा’ भन्न समेत भ्याएका छन् ।

यसैबी वर्षा राउतले माफी मागि सकेकी छन् । उनले बाेल्दै जाँदा जिब्रो चिप्लिए पनि मनभित्र आफ्नो देश भएकाे बताएकी छन् । ‘प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताको सम्मानमा अलिकति पनि चुकेकी छैन, अलिकति पनि तलमाथि परेकी छैन,’ उनले लेखेकी छन् ।

उनले आफूलाई नेपाली हुनुमा गर्व भएको पनि बताएकी छन् । ‘ संसारको कुन नागरिकलाई आफ्नो मातृभूतिप्रति माया हुँदैन होला र ? त्यसमाथि “नेपाली कलाकार” भनेर हाम्रो त पहिचान नै देश र राष्ट्रियतासँग जोडिएको हुन्छ । आफ्नो परिचयलाई नै अङ्गीकार गर्न सक्ने यति ठूलो र महान् सम्मानलाई म उच्च ओहोदामा राख्छु । म नेपाली हुँ, मलाई गर्व छ,’ उनले लेखेकी छन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकाे भएकाे र अाफू त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार भएकाे पनि उनले बताएकी छन् । ‘हाल लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्टता देखाएको छ, म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर यो मजस्तो एउटा व्यक्ति, एउटा नागरिकमात्रले समर्थन गरेर हुँदैन । हामी सबै नेपालीसँगै उभिएर समर्थन गर्नुपर्छ, उनले लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?