काठमाडौं, १० जेठ। ब्राजिलमा २४ घण्टामा २० हजार ८०३ नयाँ संक्रमित फेला परेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसबाट एक हजार एक जनाको ज्यान गएको छ । हालसम्म ब्राजिलमा कोरोना संक्रमितको संख्या ३३ लाख २ हजार ३ सय ८२ पुगेको छ ।

यससँगै ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २१ हजार एक सय १६ पुगेको छ ।




