advertisement

त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले ‘आफ्नो मातृभूमिको सम्पूर्ण भू–भाग सहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य हो। नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो। यसमा पनि उनले कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्दछ’ भन्दै गरको ट्वीटमा रिट्वीट गरेकी छन् । उनले के यो अनौठो होइन कि जब एउटा देशको मास्टर योजना छ तब किन यसलाई बेवास्ता गर्ने? जस्ता प्रश्नहरु गरेकी थिइन् ।

कूटनैतिक नोट समेत पठाएको र मन्त्रीपरिषद् बैठकले नयाँ नक्सा समेत जारी गरेपछि भारतमा यसको विषयमा निकै बहस सुरु भएको छ।

" /> कालापानी समेटेको नेपाली नक्सलाई साथ दिएपछि अभिनेत्री मनिषा कोइरालालाई भारतले दियो यस्तो प्रतिक्रिया - Sarbocha Media

कालापानी समेटेको नेपाली नक्सलाई साथ दिएपछि अभिनेत्री मनिषा कोइरालालाई भारतले दियो यस्तो प्रतिक्रिया

`

     २०७७ ज्येष्ठ ०७ गते ६:३२

एजेन्सी, ७ जेठ । भारत – नेपाल सीमा विवादमा अभिनेत्री मनिषा कोइरला पनि परेकी छन् ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि अहिले भारतमा यसको विषयमाथि धेरै आलोचना हुन थालेको छ छ। यसै क्रममा मनिषा कोइरालालाई समेत विवादमा तानिएको छ । बलिउडमा लामो समय काम गरेकी अभिनेत्री मनिषा कोईरालाले नेपालले भर्खरै जारी गरेको नक्सालाई समर्थन गर्नेवितिकै उनमाथि भारतीय मिडियाले आलोचना गर्न थालेको हो ।

भारत सरकारले एकतर्फी रुपमा लिपुलेकमा सडक खण्डको उद्घाटन गरेपछि नेपालले त्यसको विरोध गर्दै आएको छ । यसैबीच अभिनेत्री कोईरालाले केहि दिन अगाडि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले छिट्टै कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गर्ने बताएपछि हाम्रो सानो राष्ट्रको मर्यादा राख्नका लागि धन्यवाद। हामी सबै अब तीनै महान राष्ट्रहरूबीच शान्तिमय र सम्मानजनक वार्तालापको प्रतीक्षा गरिरहेका छौं भन्दै ट्वीट गरेकी थिइन् ।

advertisement

त्यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले ‘आफ्नो मातृभूमिको सम्पूर्ण भू–भाग सहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य हो। नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो। यसमा पनि उनले कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्दछ’ भन्दै गरको ट्वीटमा रिट्वीट गरेकी छन् । उनले के यो अनौठो होइन कि जब एउटा देशको मास्टर योजना छ तब किन यसलाई बेवास्ता गर्ने? जस्ता प्रश्नहरु गरेकी थिइन् ।

कूटनैतिक नोट समेत पठाएको र मन्त्रीपरिषद् बैठकले नयाँ नक्सा समेत जारी गरेपछि भारतमा यसको विषयमा निकै बहस सुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?