काठमाडौं, ३१ वैशाख । भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोरोनाबाट एक हजारभन्दा बढी प्रहरी संक्रमित बनेका छन् ।
हिजोसम्म एक हजार सात प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने सातको मृत्यु भएको छ। वैशाख ३० गते मङ्गलबार आएको रिपोर्टमा थप २२१ प्रहरी सङ्क्रमित फेला परेका छन् । सङ्क्रमित प्रहरीमध्ये ११३ जना निको भएर घर फर्किएका छन्।

कोरोनाको संक्रमणबाट उपचाररत ८८७ मध्ये ९१ जना प्रहरी अधिकृत रहेका छन् भने ७९६ जना प्रहरी जवान रहेका छन्।




