advertisement

नेकपा एमाले र माओवादीको पार्टी एकता भएको वर्ष दिन नाघिसकेकाले नेकपा एमाले नामक दल दर्ता गराउन बाटो खुलेको हो । एकता भएको एक वर्ष नपुगेको भए नेकपा एमाले नामक नयाँ दल दर्ताका लागि प्रक्रिया अघि बढाउन नमिल्ने श्रेष्ठ बताउँछन् ।

‘पार्टीको नाम नदोहोरियोस् र कुनै पार्टीको एउटा नाम लिइसकेपछि त्यो नाम अरूले प्रयोग नगरोस् भन्नका लागि एक वर्षको म्याद छ । नेकपा एमाले र माओवादीको एकीकरण भइसकेपछि एकीकरणपूर्वको नाममा एक वर्षसम्म कसैले पनि नयाँ पार्टीका लागि आवेदन गर्ने र दल दर्ता गर्न पाइँदैन । तर, दुवै पार्टी एकीकरण भइसकेको एक वर्षपछि प्रयोग गर्न सक्छन्,’ उनले भने, ‘नेकपा एमाले र माओवादी एकीकरण भएको वर्ष दिन नाघिसकेकाले नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी पार्टीको नाम अरू कसैले दर्ता गर्न सक्छन् ।’

नेकपा एमाले नामक दल दर्ताका लागि आवेदन परेको विषयले नेकपाको मंगलबार बसेको स्थायी समिति बैठकमा चर्चा पाएको थियो ।

सन्ध्या तिवारीले निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता गर्ने आवेदन दिएको भन्नेसूचना पाएपछि त्यसबारेमा पनि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए ।

उक्त पार्टी दर्ताका लागि निवेदन पर्नुमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै हात रहेको आरोप पनि लागेको थियो । समिति बैठकमा नेकपा नेता वामदेव गौतमले केपी शर्मा ओलीकै निर्देशनमा नेकपा एमाले दर्ताका लागि निवेदन आएको ठोकुवा गरेको एक स्थायी समिति सदस्यले नयाँ पत्रिकासँग बताएका थिए । ‘मसँग प्रमाण छ, सूचना छ, यदि छानबिन भयो भने म उनीहरूलाई बयान दिन तयार छु,’ गौतमलाई उद्धृत गर्दै ती स्थायी समिति सदस्यले भनेका थिए ।

नामावली :
सन्ध्या तिवारी, अध्यक्ष -विराटनगर ६ मोरङ
भगवती खड्का, उपाध्यक्ष -रामेछाप
मनीषकुमार उपाध्याय, महासचिव -जनकपुर

सचिवहरु
अस्मिता सुनार, खोटाङ
दावा लामा, सर्लाही
जयराम राउत, रौतहट
खगेन्द्रप्रसाद भुसाल, पर्वत
राधा पुरी, अर्घाखाँची
हिराबहादुर बोहोरा, डोल्पा
तारादेवी शाही, बाजुरा

सदस्यहरु
पवन विष्ट, स्युचाटार
निलम पोखरेल, झापा
किरण लामिछाने, गोठाटार
उमेश महतो, सर्लाही
उषाकुमारी झा, धनुषा
प्रदीपराज गिरी, गोठाटार
पूर्णिमा तामाङ, काभ्रे
निश्चल बस्नेत, सिरहा
संजिव विष्ट, गोठाटार
विनिता कार्की, भक्तपुर
विमला विष्ट, स्युचाटार ।

" /> राजनीति Archives - Page 560 of 577 - Sarbocha Media

राजनीति

ट्रम्पले ल्याए ट्रम्प गोल्ड कार्ड कार्यक्रम, १०,००,००० डलर तिरे नागरिक बन्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले (ट्रम्प गोल्ड कार्ड) को शुभारम्भ गरेका छन् । कार्डको मूल्य एक मिलियन डलर रहेको छ अर्थात नेपाली रुपैयाँ करिब १४ करोड ३१ लाख । यस वर्षको फेब्रुअरीमा, ट्रम्पले (गोल्ड कार्ड) नामक नयाँ भिसा कार्यक्रम सुरु गर्ने घोषणा गरेका थिए । त्यतिबेला, उनले मूल्य ५ मिलियन डलर हुने बताएका थिए