पार्टीभित्रका असन्तुष्टिलाई सम्बोधन गर्नु मेरो जिम्मेवारी हो

`

     २०८३ ज्येष्ठ ०९ गते १:५५

विराटनगर, ९ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएका आन्तरिक मतभेद र असन्तुष्टिलाई व्यवस्थापन गर्दै सबै नेताहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान गरेका छन् । शनिबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।

सभापति थापाले पार्टीभित्रका आन्तरिक विमतिहरूलाई स्वाभाविक रूपमा लिँदै त्यसलाई मिलाएर लैजानु नै आफ्नो प्रमुख कर्तव्य भएको बताए । विशेषगरी पार्टीका केही वरिष्ठ र प्रभावशाली नेताहरू जो अहिले केन्द्रीय समितिभन्दा बाहिर छन्,उनीहरूलाई मूलधारमा ल्याउने वातावरण बनाउन आफू तयार रहेको उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?