काठमाडौं, वैशाख ४ । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय कमिटिलाई नै आधिकारिकता प्रधान गरेको छ।
शुक्रबार न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ।
सर्वोच्चले निवेदक पूर्व सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको रिटलाई खारेज गरेको हो। खारेज भएसँगै विशेष महाधिवेशनबाट चुनिएको कार्यसमितिलाई नै सर्वोच्चले आधिकारिकता दिएको हो।



