रास्वपामा बालेनलाई रविपछिको वरीयता

`

     २०८२ पौष १३ गते १०:४३

काठमाडौं, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा काठमाडौं महानगरपालिका मेयर बालेन शाह रवि लामिछाने पछिको वरियतामा रहने भएका छन्।

आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन शाहबीच ७ बुदेँ सहमतिमा हस्ताक्षर भएको छ। उक्त सहमति अनुसार बालेन शाहलाई आगामी निर्वाचनमा रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार र निर्वाचनपछि संसदीय दलको नेता बनाउने छ।

तर सहमतिमा बालेन शाह रास्वपामा कुन जिम्मेवारीमा रहने भन्ने विषयमा केही उल्लेख छैन।

बालेन निकट केपी खनालका अनुसार बालेनलाई रास्वपामा दोस्रो वरीयता दिने सहमति छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?