सुनको मूल्य आज वृद्धि भएर १ लाख ८८ हजार ८०० रुपैयाँ कायम

`

     २०८२ वैशाख १६ गते १०:५६

काठमाडौँ, १६ वैशाख । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

जसअनुसार छापावाल सुन मंगलबार तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?