मुग्लिन–नारायणगढ सडक खण्ड राति २ बजेदेखि अवरूद्ध

`

     २०७९ श्रावण २० गते ८:४१

काठमाडौँ, साउन २० । मुग्लिन–नारायणगढ सडक खण्ड राति २ बजेदेखि अवरूद्ध भएको छ ।

भरतपुर–२९ केराबारीमा ठूलो पहिरो झरेपछि यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । हाल ३ वटा डोजरको सहायताले पहिरो पन्छाउने काम सुरू भएको छ ।

ठूलो पहिरो खसेकाले हटाउन समय लाग्ने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?