काठमाडौँ, साउन २० । मुग्लिन–नारायणगढ सडक खण्ड राति २ बजेदेखि अवरूद्ध भएको छ ।
भरतपुर–२९ केराबारीमा ठूलो पहिरो झरेपछि यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । हाल ३ वटा डोजरको सहायताले पहिरो पन्छाउने काम सुरू भएको छ ।
ठूलो पहिरो खसेकाले हटाउन समय लाग्ने प्रहरीले बताएको छ ।




