advertisement

राईका अनुसार अध्यक्ष दाहालले बैठकमा केन्द्रीय सदस्यहरुबाट आएका आलोचनालाई स्वीकार गर्दै भविष्यमा पार्टीमा आलोचना आउन नदिने र कार्यकर्ताको कुरा सुनेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए। नेकपामा अहिले नौ सदस्सीय सचिवालमा एक जना पनि महिला छैनन्। यस्तै ४४ जनाको स्थायी समितिमा २ जना मात्रै महिला छन्।

 

" /> नेकपा सचिवालयमा महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउने अध्यक्ष दाहालको प्रतिबद्धता - Sarbocha Media

नेकपा सचिवालयमा महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउने अध्यक्ष दाहालको प्रतिबद्धता

`

     २०७६ माघ १९ गते २:३२

काठमाडौं,१९ माघ ।  नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको स्थायी समिति र सचिवालयमा विधान बमोजिम महिलाको उपस्थिति ३३ प्रतिशत पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेकपाको जारी केन्द्रीय समिति बैठकमा १५ वटा समूहबाट उठेका प्रश्‍नको जवाफ दिने क्रममा अध्यक्ष दाहालले पार्टी समितिहरुमा महिलाको उपस्थिति ३३ प्रतिशत पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए।

advertisement

राईका अनुसार अध्यक्ष दाहालले बैठकमा केन्द्रीय सदस्यहरुबाट आएका आलोचनालाई स्वीकार गर्दै भविष्यमा पार्टीमा आलोचना आउन नदिने र कार्यकर्ताको कुरा सुनेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए। नेकपामा अहिले नौ सदस्सीय सचिवालमा एक जना पनि महिला छैनन्। यस्तै ४४ जनाको स्थायी समितिमा २ जना मात्रै महिला छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?