advertisement

भरतपुर अस्पतालले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न पाँचबुँदे निर्णय पनि गरेको छ ।

" /> भरतपुर अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचार गर्न आइसोलेसन वार्ड - Sarbocha Media

भरतपुर अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचार गर्न आइसोलेसन वार्ड

`

     २०७६ माघ १८ गते ५:३५

चितवन, १८ माघ । यतिखेर चीनबाट फैलिएको कोरोना भाइरस विश्वभर फैलिरहेको छ । कोरोना भाइरसको कारण चिनियाँ नागरिकहरुलाई अरु देशहरुमा छिर्न रोक लगाइएको छ ।

कोरोना भाइरसको उपचारको लागि चीनमा छुट्टै अस्पताल निमार्ण भइसकेको छ । त्यस्तै नेपालमा पनि चीनबाट आएको विद्यार्थीमा भाइरसको संक्रम भएको पुष्टि भएपछि चितवनको भरतपुर अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्न पाँच शय्याको छुट्टै आइसोलेसन वार्ड बनाएको छ ।

अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलामा यस्तो वार्ड बनाइएको जनाइएको छ । कोरोना भाइरसको संक्रमण देखिए वा आशंका लागेमा बिरामीहरुलाई उक्त शय्याहरुमा राखेर उपचार गरिने बताइएको छ ।

advertisement

भरतपुर अस्पतालले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न पाँचबुँदे निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?