अमेरिकाबाट थप ८० जना नेपाली नागरिक डिपोर्ट

`

     २०८२ माघ ०८ गते ४:३०

काठमाडौ, माघ ७ । अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ।

मंगलबार अपराह्न साढे ५ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ८० जना नेपालीलाई फर्काइएको हो।

त्यसमध्ये एक जना महिला रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले जानकारी दिए।

उनीहरूलाई फर्काइएसँगै प्रहरीले अनुसन्धान थालेको छ। फर्काइएका अधिकांशले तल्लो बाटो प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?