हर्क साम्पाङले मदुरो पक्राउ परेपछि संयुक्त राष्ट्र सङ्घलाई गरे प्रश्न

`

     २०८२ पौष २१ गते ३:५४

काठमाडौँ, पुस २१ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भेनेजुएलामाथि भएको अमेरिकी सैन्य आक्रमणलाई लिएर संयुक्त राष्ट्र संघ (यूएन) को भूमिकामाथि कडा प्रश्न उठाएका छन् ।

आइतबारआफ्नो सामाजिक सञ्जालमा तस्बिर जारी गर्दै साम्पाङले विश्व शान्ति र लोकतन्त्रकोवकालत गर्ने निकाय यूएनको मौनताप्रति आक्रोश व्यक्त गरेका हुन् ।

गतशनिबार अमेरिकाले निकोलस मदुरोलाई पक्राउ गरी आफ्नो नियन्त्रणमा लिएको थियो ।अमेरिकाको गतिविधिमाथि संयुक्त राष्ट्र संघ मौन रहेको भन्दै साम्पाङले प्रश्नउठाएका छन् ।

सोमबारउनले फेसबुकमा लेखेका छन्, ‘हेलो यूएन !! भेनेजुएलामाथिको अमेरिकी आक्रमणबारे के सोच्दै हुनुहुन्छ ? तिम्रोकथित लोकतन्त्र कहाँ छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?