११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

`

     २०८२ पौष १८ गते २:१३

काठमाडौं, पुस १८ । सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त संख्यामा पर्यटक नेपाल भित्रिएका हुन्।

सन् २०२४ मा भने ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएका थिए।

सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा केही सङ्ख्या बढेको छ, जसमा छिमेकी मुलुक भारतबाट दुई लाख ९२ हजार ४३८, अमेरिकाबाट एक लाख १२ हजार ३१६, चीनबाट ५८ हजार ६८४, बेलायतबाट ५७ हजार ५४५, बंगलादेशबाट ४९ हजार ३५७, अष्ट्रेलियाबाट ३७ हजार ५५०, श्रीलंकाबाट ३० हजार २४३, थाइल्याण्डबाट ३० हजार २२७ र जर्मनीबाट २४ हजार ७६३ पर्यटक नेपाल घुम्न आएका नेपाल पर्यटन बोर्डले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?