रामेछापमा अबिरल वर्षासँगै आएको बाढी पहिरोले ५ वटा घर बगाए

`

     २०७९ भाद्र ०३ गते १०:०३

काठमाडौँ, भदौ ३ । अबिरल वर्षासँगै आएको बाढीले गोकुलगंगा गाउँपालिका–२ ठोसेमा पहिरोले पाँच वटा घर बगाएको छ।

अबिरल वर्षासँगै आएको बाढीले ठोसे एकामफेदी बाहुन टोलका रमेश रोक्का, हरि बहादुर खत्री र धनलल्क्षमी गुरागाईं, सन्तोष रोक्का, ज्ञान बहादुर रोक्काको घर बगाएको हो ।

गएराति ठोसेको एकामफेदी बाहुनटोलस्थित नासिङ खोल्सामा माथिबाट पहिरोसँगै बाढीले उनीहरुको घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ। पहिरोले घर बगाए पनि मानविय क्षति भने भएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?