काठमाडौँ, २८ साउन । नृत्य निर्देशक सङ्घ नेपालको स्थापना दिवसको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय सामूहिक नृत्य प्रतियोगितामा बुढानीलकण्ठ नगरपालिका वार्ड नं १० बालुवाखानी, कपनमा अवस्थित फेरिल्याण्ड इन्टरनेशनल स्कुलका छात्रहरूले हुड्केली बिदामा दोस्रो उपाधि हात पारेको छ ।
उक्त नृत्य प्रतियोगितामा प्रथम चरणमा करिब २०० विद्यालयहरूको सहभागितामा डिजिटल अडिसन राउन्ड पार गर्दै १३ विभिन्न विधामा जम्मा ३९ विद्यालय अन्तिम चरणमा पुग्न सफल भएका थिए । उक्त नृत्य प्रतियोगिता गोकर्णेश्वर नगरपालिका ५, नयाँ बस्तीमा रहेको टाइमलाइन स्कुलमा सञ्चालन गरेको थियो । उक्त नृत्य प्रतियोगितामा प्रथम स्थान माउन्ट आसशादिप तथा तृतीय स्थान जोसेफ स्कुलले हात पार्न सफल भएका छन् ।
गोकर्णेस्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालज्युको प्रमुख आतिथ्यमा सम्पन्न नृत्य प्रतियोगितामा प्रथम स्थान माउन्ट आसशादिप तथा तृतीय स्थान जोसेफ हाइ स्कुलले हात पार्न सफल भएका हो।
नृत्य निर्देशक सङ्घ नेपाल काठमाडौँ जिल्लाको सचिव देवराज गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष भुवन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष प्रदीप मान श्रेष्ठ, सचिव ऋषि केश श्रेष्ठ, सह-कोषाध्यक्ष केशव कोइराला साथै जिल्लाको पदाधिकाहरु सहित एक हजार जनाको उपस्थितिमा कार्यक्रम आयोजना भएको हो ।
विद्यालयका नृत्य प्रशिक्षक लक्ष्मी पुरी गुरुङको कोरियोग्राफिमा सहभागी भएका विद्यार्थीहरूले ट्रफी, सर्टिफिकेट हात पारेको छ।



