काठमाडौं, साउन १९ । नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ । श्री एयरलाइन्सको ९ एन-एएनएफ जहाजमा समस्या आएपछि नेपालगञ्ज फर्काएर आपतकालीन अवतरण गरिएको नेपालगञ्ज विमानस्थल कार्यालयले बताएको छ ।
बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको सो विमानको बायाँ इन्जिनमा धुवाँ देखिएपछि ९ बजेर ५६ मिनेटमै नेपालगञ्ज विमानस्थलमै आकस्मिक अवतरण गराइएको थियो ।
जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रु रहेको र जहाज सुरक्षित अवतरण भएको विमानस्थल कार्यालयले बताएको छ ।




