प्रतिकूल मौसमका कारण मंगलबार पोखरामा निर्धारित सबै उडान रद्द

`

     २०७९ श्रावण १७ गते ४:०९

काठमाडौं, १७ साउन । प्रतिकूल मौसमका कारण मंगलबार पोखरामा निर्धारित सबै उडान रद्द भएका छन् ।

मंगलबार पोखराबाट निर्धारित र अन्य गन्तव्यबाट पोखरामा जाने सबै उडान रद्द भएको हो । बुद्ध एयरले मंगलबार पोखरामा निर्धारित सबै उडान प्रतिकूल मौसमका कारण रद्द भएको बताएको छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार पोखरामा उपकरणमा आधारित अवतरण प्रणाली नभएका कारण कम भिजिबिलिटी हुँदा उडान प्रभावित हुने गर्छ । पोखरा बाहेक विमानस्थलमा भने जहाजहरु उडिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?