अमेरिकाको केन्टुकी राज्यमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगे

`

     २०७९ श्रावण १७ गते १२:२३

काठमाडौँ, साउन १७ । अमेरिकाको केन्टुकी राज्यमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ । बाढीमा हराइरहेका मानिसहरूको खोजी भइरहेको छ । बाढीको पानीले पुलहरू र डुबानमा परेका केही गाउँ बगाएको छ । बाढीबाट मृत्यु हुनेको संख्या ३७ पुगेको केन्टुकीका गर्भनर एन्डी विसियरले पुष्टि गरेका छन् ।

बाढीका कारण १२ हजारभन्दा बढी मानिस विद्युत विहीन भएका छन् भने कम्तीमा ३०० जना विभिन्न आश्रयमा बसेका सीबीएस न्युजले जनाएको छ । बाढीले राजमार्ग बगाउनुका साथै पुल भत्काएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?