पोखरा महानगरपालिका–१३ कमलपोखरी क्षेत्रमा करिब सय घर डुबान

`

     २०७९ श्रावण १६ गते १:४७

काठमाडौं, साउन १६ । पोखरा महानगरपालिका–१३ कमलपोखरी क्षेत्र करिब सय घर डुबानमा परेको छ । वडाध्यक्ष किरण बरालकाअनुसार आइतबार साँझबाट निरन्तर परिरहेको वर्षाका कारण सो क्षेत्रका सय घर डुबानमा परेका छन् ।

मानविय क्षति भएको छैन,’ बरालले भने । ११ नं वडाको काउमा पानी नियन्त्रण नहुँदा बस्तीमा डुबान भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?