यस वर्षको एसईई परीक्षामा काठमाडौँबाट १० जनाले ४ जीपीए ल्याए

`

     २०७९ श्रावण १३ गते १:५१

काठमाडौँ, साउन १३ । शिक्षा विकास तथा समन्वय इकाई काठमाडौंका अनुसार यस वर्षको एसईई परीक्षामा यहाँका १० जना परीक्षार्थीले मात्रै ४ जीपीए ल्याएका छन् । देशभरमा ४ जीपीए ल्याउनेको संख्या ४२ रहेको छ ।

विद्यालयले आन्तरिक मूल्यांकन गर्दा २०७६ मा काठमाडौं जिल्लाका १ हजार ५ सय ५४ जनाले ४ जीपीए प्राप्त गरेका थिए । कोरोनाअघि २०७५ मा ४ जीपीए ल्याउनेको संख्या ५२ जना रहेको थियो । त्यो वर्ष देशभर १ सय ६ जनाले उक्त जीपीए ल्याएका थिए । यहाँ ३.६ देखि ४ उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ८ दशमलब ९ प्रतिशत मात्रै रहेको छ । ३ हजार २ सय ५४ जनाले उक्त जीपीए प्राप्त गरेको छन् ।

इकाई प्रमुख नन्दलाल पौडेलले २०७५ को तुलनामा सो ३.२ देखि माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १८.४१ प्रतिशतले घटेको बताए । २०७४/२०७५ को तुलनामा देशभरकै नतिजा खस्केको देखिएको छ । २०७६/२०७७ मा विद्यालयले आन्तरिक रुपमा परीक्षा संचालन गर्दा र बोर्डले परीक्षा संचालन गर्दा समग्रमा नतिजामा अपत्यारिलो अन्तर देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?