काठमाडौँ, साउन २ । अत्यधिक गर्मी बढेपछि रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाले विद्यालयहरुमा ७ दिन बिदा दिएको छ ।
नगरपालिकाका शिक्षा अधिकृत जानह्वी पाण्डेयले जारी गरेको सूचनामा भनिएको छ । वर्षायामको समय भएको तर पानी नपरेका कारण अत्याधिक गर्मी भई विद्यार्थीहरुको स्वास्थ्यमा नै प्रतिकूल असर पर्न सक्ने हुँदा वर्षे बिदाबाट कट्टी गर्ने गरी २०७९/४/३ देखि २०७९/४/९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण संस्थागत तथा धार्मिक विद्यालय बिदा गर्नु हुन अनुरोध छ ।



