नविना लामाद्वारा जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग

`

     २०७९ ज्येष्ठ २६ गते १२:३५

काठमाडौं, जेठ २६ । नयाँ शैक्षिक सत्र सुरु भइसकेको दुई महिना पूरा हुन लाग्दासमेत विद्यार्थीले पाठ्यक्रम पाएका छैनन् । जसकारण पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड खारेज गर्न नविना लामाले माग गरिएको हो ।

बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद नविना लामाले बेलैमा पाठ्यपुस्तक छाप्न र विद्यार्थीलाई उपलब्ध गराउन नसक्ने हो भने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड खारेज गर्नुपर्ने बताएकी हुन् ।

नयाँ शैक्षिक सत्र सुरु भई सक्दा पनी कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव छ । जनक शिक्षाले बेलैमा पाठ्यपुस्तक छाप्न र वितरण गर्न सक्दैन भने किन लगानी गर्ने  ? किन खर्च गर्ने र ? उनीहरु जवाफदेही हुनुपर्दैन,’ उनले भनिन्, ‘पाठ्यपुस्तक दिन नसक्ने जनक शिक्षा खारेज गरौँ । अब निजी क्षेत्रलाई पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मा दिऔँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?