राजेश हमाल नारायणी नदी सरसफाइमा सहभागी भए

`

     २०७८ चैत्र ०७ गते ११:३६

काठमाडौँ, ७ चैत्र । अभिनेता राजेश हमाल सोमबार नवलपरासी पूर्वको देवचुली नगरपालिका-१७ स्थित नारायणी नदी किनारमा पुगेर उनले फोहोरमैला संकलन गर्ने काममा सहभागी भएको छ ।

हमालले बिहान दुई घण्टासम्म प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरे । हमाललाई सरसफाइमा स्थानीयले पनि साथ दिए ।

स्थानीय सिसबार चितवन टाइगर रिसोर्टले नदी सरसफाइ कार्यक्रम आयोजना गरेको थियो ।

‘पर्यावरण संरक्षणमा पनि राम्रो सन्देश जाओस् भनेर सरसफाइमा लागेको हुँ,’ हमालले भने । साथै उनले स्थानीय व्यवस्थापन समितिलाई नदी किनारको नियमित सरसफाइमा जुट्न समेत आग्रह गरे ।

झण्डै एक घण्टा आफैंले सफारी गाडी चलाएर हमालले त्यस क्षेत्रको अवलोकन समेत गरेका थिए । अवलोकन गर्ने क्रममा गैंडा भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?