यसरी हेर्दा यो प्राइभेट शिक्षाको क्षेत्रसँग गाँसिएर ठूलो व्यवसायिक मोबिलिटी सञ्चालन भएको छ । जस्तो कि, टाइ, बेल्ट, पुस्तक प्रकाशन आदिसँग जोडिएका व्यवसाय फस्टाउने भए । यसले व्यापक आर्थिक गति निर्माण गरेको छ । प्राइभेट विद्यालयले अङ्ग्रेजीमा दक्ष जनशक्ति उत्पादन गरेको छ र त्यो जनशक्ति विदशमै पनि ल्याबरको ट्रेन्डलाई ब्रेक गरेर माथिल्ला तहका रोजगारीमा स्थान पाएको अवस्था छ ।
यस हिसाबले प्राइभेट सेक्टरले देखाएको रिजल्टले सामुदायिक विद्यालयहरूलाई पनि दबाब सिर्जना गर्न पुगेको छ । यो कुराले सामुदायिक विद्यालयको स्तर उन्नती भएको छ भने कति त्यस्ता विद्यालय त प्राइभेट विद्यालय भन्दा पनि राम्रो स्थानमा पुगेका छन् ।

अस्वास्थ्य प्रतिस्पर्धाको प्रसङ्ग उठाउनु भयो । नीजि विद्यालयहरूले निर्धारित दुरी मिचेर जहाँ पायो त्यहीँ आफूलाई उभ्याएका छन् नि!
पक्कै पनि यो मामलामा प्राइभेट विद्यालयहरू दोषी छन् र, सरकार झन् दोषी, किनभने यो अवस्थामा नीजि विद्यालयहरूलाई सञ्चालनको लागि अनुमति कसले दियो? हामीले चाहिँ यसबारे आचार संहिता लागू गराएर हाम्रा सदस्य विद्यालयहरूलाई सजग गराएका छौँ । अझ सदस्य संस्था बाहिरका साथिहरूलाई पनि समेटेर साना साना यूनिट निर्माण गरी, क्लस्टर गठन गरी बहस गरेर धेरै हदसम्म स्वास्थ्य प्रतिस्पर्धाको वातावरण निर्माण गरेका छौँ ।

नीजि विद्यालयहरू आफूलाई ब्राण्डेड बनाउन बाहिरी देखावटी शो अफमा टन्न पैसा खन्याउने, पब्लिकले त्यसैलाई वाह भन्ने अनि विद्यालय भयङ्कर हुने तर त्यही विद्यालय पढ्ने विद्यार्थीको गुणस्तरमा चाहिँ खासै केही फरक नपरेको अवस्था छ नि!
तपाईँले भनेजस्तै थुप्रै प्राइभेट स्कुलहरूले अत्यन्त हाइफाइका साथ लगानी गरेको कुरा सत्य हो । त्यो सबै अनावश्यक वा सबै आवश्यक भनेर ठ्याक्कै निक्र्योल गर्न चाहिँ गा¥है होला । जे होस, कुनै न कुनै हिसाबले यो विकाससँग भने जोडिन्छ जस्तो मलाई लाग्छ ।

देशमा दुई खाले कखरा सिक्ने ट्रेन्ड छ । एकातिर यो निः शुल्क छ भने अर्कोतिर लाखौँ तिर्नुपर्छ । शुल्कमा जस्तो रिजल्टमा अन्तर छ त?
तपाईँले भनेजस्तो त्यति फरक अनुपातकै आधारमा आउटपुट मापन गर्न त पक्कै अप्ठ्यारै होला तर म यो भन्दिन कि ती निः शुल्क कखरा पढेका विद्यार्थीसँग प्राइभेट स्कुलबाट उत्पादित विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्दैनन् ।

नेपालका शिक्षाविदहरू प्राइभेट स्कुलहरूप्रति पूर्णतया पूर्वाग्रही देखिन्छन्, यसो किन भएको होला ? बुद्घिजीबिहरूको दृष्टिकोण त सन्तुलित हुनुपर्ने होइन र?
वहाँहरूको नियत खराब म देख्दिन । यति हो कि वहाँहरूमा नेपाली माइण्ड सेटकै प्रभाव छ, जुन माइन्ड सेटको लागि नेगेटिभ कुरा बढी प्रीतिकर हुन्छ र अरूको प्रगतिमा इष्र्या गर्नु मजा मानिन्छ । त्यो भन्दा बाहिर वहाँहरू अउन सक्नुभएको छैन । अर्को, सामुदायिक विद्यालयले प्राइभेटसँगको लेभलमा काम गर्न नसक्दाको पिरलो वहाँहरूमा देखिन्छ । जब कि हामी सामुदायिक विद्यालयको स्तर उन्नतीमा उत्तिकै कन्सस छौँ । यो भयो भने शिक्षामा धेरै लगानी गर्न नसक्ने तप्काका विद्यार्थीले आफूलाई कम पैसामा गुणस्तरीय शिक्षा राज्यले दिएको छ भन्ने हुन्थ्यो ।

यस्तो होला कि नेपाली शिक्षाविदका कुरा सुनेर राज्यले नीजि विद्यालयहरूलाई साइजमा खुम्च्याउँछ ?
त्यसो गर्नुहुँदैन भन्छु म । शिक्षाको परिपुरकको रूपमा, कम्प्लिमेट्री पार्टको रूपमा नीजि विद्यालयहरूलाई सधैँभरी अगाडी बढाउनु पर्छ । बरू प्राइभेट स्कुलले अनावश्यक शुल्क बृद्घि ग¥यो र उसका अन्य कमीकम्जोरी छन् भने तिनलाई नियन्त्रण र नियमन गरौँ । कतिपय प्राइभेट विद्यालयमा अयोग्य मानिसले म्यानेजमेन्ट चलाइरहेका छन्, तिनलाई फेरौँ । एउटाले गल्ति ग¥यो भनेर सबैलाई होलसेलमा व्यवहार नगरौँ । प्राइभेट विद्यालयलाई खुम्च्याउने होइन कि बरू सरकारी विद्यालयमा प्राइभेट म्यानेजमेन्ट बसार्लौँ ।

अलिकति वर्तमान करिकुलमको कुरा गरौँ, अहिलेको पाठ्यक्रमले विद्यार्थीको सिप र सिर्जनामा खासै चासो देखाउँदैन, चासो छ त खालि ढड्डा रटान र कागजी रिजल्टमा । यसलाई कसरी हेर्नुभएको छ?
तपाईँले उठाउनुभएको यो विषय अत्यन्त गम्भीर छ । हामीलाई यो बिस्तारै अनुभव हुँदैछ, पढिसकेपछि ज्ञान त प्राप्त भयो तर हामीले विद्यार्थीलाई सिप दिन सकेनौँ । हामीले शिक्षालाई जीवनसँग जोड्न सकेनछौँ ।

भनेपछि यहाँहरूलाई रियलाइज भइसक्यो कि यो पाठ्यक्रम परिपक्व छैन । यस विषयमा प्याब्सनले के गर्छ?
केही समय अघि हामीले कन्फरन्स ग¥यौँ । नेश्नल कन्फरन्स अन स्कुल एजुकेशन शिर्षकमा हायत होटलमा । लगभग हामी ४०० जना सहभागी भयौँ । त्यस कार्यक्रममा शिक्षा मन्त्रालयबाट १५ जना, शिक्षक महासङ्घ मार्फत सातै प्रदेशबाट एक एक जना सरकारी हेडसरहरू, एन प्याब्सनबाट ५ जना, हिसानबाट ५ जना लगायत थियौँ । उपप्रधानमन्त्री ज्यू आफैँ प्रमुख अतिथि भएर बोल्नु भयो । त्यस कार्यक्रम मार्फत हामीले ज्ञानसँगै सिप दिनको लागि अब हामीले सोच्नुपर्छ भनेर सरकारलाई घच्घच्यायौँ ।

नैतिक शिक्षाको पनि कमी महशुस गरिएको छ नि?
हो, उही कन्फरन्समा हामीले भ्याल्यु एजुकेसनको महत्व पस्कियौँ । भ्याल्यु भन्ने जुन चिज छ, त्यो मोरालिटी बाटै आउने हो । हामीले हाम्रा छोराछोरीलाई पैसा सबथोक हो, अहिलेको दुनियाँमा पैसाको मात्रै भ्याल्यु छ भनेर सिकाइरहेका छौँ । यही कारण पैसाको लागि पुरै विदेशिने चलन डरलाग्दो गरी बढेको छ । अहिलेको पुस्तामा पैसा सबथोक हो भन्ने परेको छ । जसले गर्दा थुप्रै महत्वपूर्ण कुराको भ्याल्यु मर्दैछ । त्यसकारण हामीले विद्यार्थीलाई आफ्नो माटो, मौलिक संस्कृति, समाज, राष्ट्र, र विश्वप्रतिको उत्तरदायित्व बोध गराउने, ती कुराको मुल्य बोध गराउने भ्याल्यु एजुकेशन अब अवलम्बन गर्नुपर्छ । यही कुरालाई पनिे हामीले उक्त कन्फरन्समा जोड दियौँ । हामीले स्वदेशको चाहिँ केही पनि ठिक छैन र विदेशको जे पनि ठिक छ भन्ने मानसिकता विस्तारै बदल्दै जानु आवश्यक छ । पैसा बाहेक अन्य धेरै कुरा पनि भ्याल्युएबल छन् भन्ने कुरा सिकाउने शिक्षा अब अनिवार्य छ ।

हामीलाई यो बिस्तारै अनुभव हुँदैछ, पढिसकेपछि ज्ञान त प्राप्त भयो तर हामीले विद्यार्थीलाई सिप दिन सकेनौँ । हामीले शिक्षालाई जीवनसँग जोड्न सकेनछौँ ।

प्याब्सनको अबको चुनौति के हो?
प्याब्सनको अहिलेको सबैभन्दा ठूलो चुनौति भनेको नेपालमा शिक्षाको बारेमा बुझ्ने शिक्षाविद् भनिएकाहरूले नै प्राइभेट विद्यालयहरूको बारेमा सबैभन्दा ज्यादा अबुझ कुरा गरिरहेका छन् । दोस्रो ठुलो चुनौति हो, नेपालका राजनीतिज्ञहरू जसले समाजशास्त्रीहरू भन्दा ज्यादा समाज बुझ्ेका छन् अनुभवबाट, तर, उनीहरूले पनि समाजको, शिक्षाको भविष्यमा भन्दा भोटको भविष्यमा आधारित रहेर काम गर्छन्, यसले सामाजिक, शैक्षिक रूपान्तरणमा कुनै गति दिँदैन ।

advertisement

उच्च शिक्षाको विद्यार्थीले पाउने छात्रबृत्तिलाई व्यवस्थित बनाउनु पर्ने कुरामा तपाईँले अत्यन्तै जोड गर्दै आउनु भएको छ । यसलाई कसरी व्यवस्थित बनाउन सकिएला?
यसमा केही कुरा प्राविधिक हिसाबले अप्ठ्यारा छन् । एउटा, विद्यार्थीले ६ देखि नै सरकारी÷सामुदायिक विद्यालयमा पढ्यो भने मात्रै उच्च शिक्षामा स्कलरसिप पाउने भन्या छ । यसले गर्दा विद्यार्थीले ८ सम्म नीजि विद्यालयमा पढेर ९ र १० मा पढ्न सरकारीमा जाने भए । त्यहाँ ८ सम्म विद्यार्थी छैन, ९ र १० मा सेक्सन नै सेक्सन विद्यार्थी हुने भए । अनि हाम्रो विद्यालयको कारण रिजल्ट राम्रो हुने जस चाहिँ सामुदायिक विद्यालयले पाउने भए । अर्को कुरा, त्यसरी पास भएका विद्यार्थीले स्कलरसिप पाउने भए । हेर्नुस्, अब स्कलरसिप चाहिँ फेरि सामुदायिक विद्यालय पढेको विद्यार्थीले पाउने भनिएकोमा घुमाइ फिराइ प्राइभेट पढेकैले पाए । वास्तविक स्कलरसिप पाउनु पर्ने विद्यार्थी त वञ्चित नै भए नि! त्यसैले, स्कलरसिप उपलब्ध गराउँदा दुईवटा कुरामा ध्यान दिने हो भने पुग्छः एउटा, शैक्षिक रूपमा योग्य र अर्को आर्थिक रूपले विपन्न । आर्थिक रूपले सम्पन्न अभिभावक सामुदायिकमा पनि हुन सक्छन् र विपन्न अभिभावक प्राइभेटमा पनि हुन सक्छन् । जात धर्मको आधारमा पनि यसलाई हेरिनुहुन्न; शैक्षिक खुबी र वर्गको आधारमा मात्रै हेरिनुपर्छ । किनभने, शिल्पी जाति पनि माथिल्लो वर्गको हुन सक्छ र उपल्लो भनिएको जाति पनि आर्थिक हिसाबले विपन्न हुन सक्छ ।

प्याब्सनको अहिलेको सबैभन्दा ठूलो चुनौति भनेको नेपालमा शिक्षाको बारेमा बुझ्ने शिक्षाविद् भनिएकाहरूले नै प्राइभेट विद्यालयहरूको बारेमा सबैभन्दा ज्यादा अबुझ कुरा गरिरहेका छन् ।

तपाईँहरूले एजुकेसन फेयर गर्दै हुनुहुन्छ, यसको उद्देश्य के हो?
हो, हामीले यो कार्यक्रम भृकुीमण्डपमा २१ –२४ मा गर्दैछौँ । इण्डियाबाट थुप्रै विद्यालयहरू आउने, स्टार होटलमा बसेर विद्यार्थी छनोट गर्ने, एक खालको एक्सपो जस्तै गरेर विद्यार्थी यही भर्ना गरेर जानुहुँदो रहेछ । यसले हामीलाई नराम्ररी स्ट्राइक ग¥यो । यो चिजलाई हामीले च्यलेन्ज गर्ने हो । नेपाल भित्रै पनि राम्र विद्यालयहरू छन् भनेर ती विद्यालयहरूलाई त्यहाँ उपस्थित गराउने, वहाँहरूको बारेमा जानकारी गराउने कार्यक्रम छ । सँगसँगै त्यसमा समिट भन्ने पाटो पनि जोडिएको छ । त्यो समिटमा चाहिँ शिक्षाविद् र शैक्षिक व्यवसायीहरूलाई विद्यार्थी अभिभावकसँग अन्तक्र्रिया गराउने र कमसेकम स्कुलकै लागि तपाईँहरू विदेश जान आवश्यक छैन भन्ने सन्देश हामीले दिन खोजेका छौँ ।

(प्राइभेट एण्ड बोर्डिङ स्कुलल्स अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय महासचिव कुमार घिमिरेसँग रसिक सम्यकले गर्नुभएको गहन शैक्षिक विमर्शमा आधारित)
" /> सरकारी विद्यालयमा प्राइभेट म्यानेजमेन्ट बसालौँ – कुमार घिमिरे - Sarbocha Media

सरकारी विद्यालयमा प्राइभेट म्यानेजमेन्ट बसालौँ – कुमार घिमिरे

`

     २०७६ फाल्गुन ०५ गते १२:३७

प्याब्सनको बारेमा छोटो मिठो परिचय दिनोस् न ।
प्याब्सन भनेको प्राइभेट विद्यालयहरूको अर्गनाइजेसन हो । प्राइभेट एण्ड बोर्डिङ स्कुलल्स अर्गनाइजेसन नेपाल भनेर २०४७ साल पुष २४ गते विधिवत रूपमा यो दर्ता भएको हो ।

प्याब्सन निर्माण गर्नैपर्ने आवश्यकता चाहिँ कसरी प¥यो?
यसको पहिलो आधारभूत उद्देश्य भनेको नीजि क्षेत्रबाट लगानी गर्ने व्यक्तिहरूको लगानीको संरक्षण गर्ने रहेको छ । दोस्रो, त्यसता विद्यालयको स्तर उन्नती गर्न आबश्यक पर्ने ह्युम्यान रिसोर्स, आर्थिक, शैक्षिक व्यवस्थापन आदि सबै कार्यहरू गर्ने । तेस्रो, समसामयिक शिक्षाको लागि विद्यालय सञ्चालक, शिक्षकहरूलाई तालिमहरूको व्यवस्था मार्फत हुम्यान रिसोर्सको बृद्घि विकास सम्बन्धि कार्यहरू गर्ने । चौथो, समाजमा सदस्य विद्यालयहरू र समग्र शिक्षा क्षेत्रको छवि सुधार गर्दै लैजाने तथा समाजमा शिक्षित र शिक्षा सम्बद्घ नागरिकलाई जिम्मेवार बन्न अभिप्रेरण प्रदान गर्ने । पाचौँ, विद्यालयहरू बिचको अस्वास्थ्य प्रतिस्पर्धालाई रोक्दै एकआपसमा भाइचाराको सम्बन्ध विकास गरी सहकार्यमा अभिबृद्घि गर्ने आदि प्रमुख छन् ।

यी उद्देश्य हासिलमा केन्द्रित भएर हामीले काम गर्दा, विद्यार्थी अभिभावकले चाहेजस्तो शिक्षा प्राप्त गर्ने, राष्ट्रिय अन्तराष्ट्रिय स्तरका योग्य मानव संशाधन उत्पादन हुने हुन्छ । अझ अर्को त्यति चर्चा नभएको पाटो छ, त्यो भनेको सरकारले गर्नुपर्ने ठूलो लगानी चाहिँ यो क्षेत्रले धानेको छ । यसबारे सरल तरिकाले हिसाब गर्दा पनि नर्सरीदेखि दश कक्षा सम्म एक एक जनाको दरले शिक्षक राख्दा पनि २६ जना स्टाफ आवश्यक पर्छ । अब सरकारी दरमा ती स्टाफलाई चाहिने तलब हिसाब गरौँ । भौतिक पूर्वाधार निर्माणको कुरा छुट्टै छ । यसरी हेर्दा ठूलो लगानीकर्ता सरकारले पाएको छ । अर्को कुरा पहिलेदेखि नै नेपालका विद्यार्थी विदेश गएर पढ्ने प्रचलन थियो र अहिले नेपालबाट साठी हजार जति विद्यार्थी त भारतमा मात्रै पढ्न जान्छन्, त्यो पनि स्कुल लेभलको शिक्षा प्राप्त गर्न मात्रै । अहिले अध्ययनरत विद्यार्थीमध्ये यदि प्राइभेट विद्यालयहरू नभएका भए कम्तिमा २० प्रतिशत विदेशमा पढिरहेका हुन्थे, ती यतै रोकिएका छन् । रोजगारीको कुरा आफ्नो ठाउँमा छँदैछ ।

यसरी हेर्दा यो प्राइभेट शिक्षाको क्षेत्रसँग गाँसिएर ठूलो व्यवसायिक मोबिलिटी सञ्चालन भएको छ । जस्तो कि, टाइ, बेल्ट, पुस्तक प्रकाशन आदिसँग जोडिएका व्यवसाय फस्टाउने भए । यसले व्यापक आर्थिक गति निर्माण गरेको छ । प्राइभेट विद्यालयले अङ्ग्रेजीमा दक्ष जनशक्ति उत्पादन गरेको छ र त्यो जनशक्ति विदशमै पनि ल्याबरको ट्रेन्डलाई ब्रेक गरेर माथिल्ला तहका रोजगारीमा स्थान पाएको अवस्था छ ।
यस हिसाबले प्राइभेट सेक्टरले देखाएको रिजल्टले सामुदायिक विद्यालयहरूलाई पनि दबाब सिर्जना गर्न पुगेको छ । यो कुराले सामुदायिक विद्यालयको स्तर उन्नती भएको छ भने कति त्यस्ता विद्यालय त प्राइभेट विद्यालय भन्दा पनि राम्रो स्थानमा पुगेका छन् ।

अस्वास्थ्य प्रतिस्पर्धाको प्रसङ्ग उठाउनु भयो । नीजि विद्यालयहरूले निर्धारित दुरी मिचेर जहाँ पायो त्यहीँ आफूलाई उभ्याएका छन् नि!
पक्कै पनि यो मामलामा प्राइभेट विद्यालयहरू दोषी छन् र, सरकार झन् दोषी, किनभने यो अवस्थामा नीजि विद्यालयहरूलाई सञ्चालनको लागि अनुमति कसले दियो? हामीले चाहिँ यसबारे आचार संहिता लागू गराएर हाम्रा सदस्य विद्यालयहरूलाई सजग गराएका छौँ । अझ सदस्य संस्था बाहिरका साथिहरूलाई पनि समेटेर साना साना यूनिट निर्माण गरी, क्लस्टर गठन गरी बहस गरेर धेरै हदसम्म स्वास्थ्य प्रतिस्पर्धाको वातावरण निर्माण गरेका छौँ ।

नीजि विद्यालयहरू आफूलाई ब्राण्डेड बनाउन बाहिरी देखावटी शो अफमा टन्न पैसा खन्याउने, पब्लिकले त्यसैलाई वाह भन्ने अनि विद्यालय भयङ्कर हुने तर त्यही विद्यालय पढ्ने विद्यार्थीको गुणस्तरमा चाहिँ खासै केही फरक नपरेको अवस्था छ नि!
तपाईँले भनेजस्तै थुप्रै प्राइभेट स्कुलहरूले अत्यन्त हाइफाइका साथ लगानी गरेको कुरा सत्य हो । त्यो सबै अनावश्यक वा सबै आवश्यक भनेर ठ्याक्कै निक्र्योल गर्न चाहिँ गा¥है होला । जे होस, कुनै न कुनै हिसाबले यो विकाससँग भने जोडिन्छ जस्तो मलाई लाग्छ ।

देशमा दुई खाले कखरा सिक्ने ट्रेन्ड छ । एकातिर यो निः शुल्क छ भने अर्कोतिर लाखौँ तिर्नुपर्छ । शुल्कमा जस्तो रिजल्टमा अन्तर छ त?
तपाईँले भनेजस्तो त्यति फरक अनुपातकै आधारमा आउटपुट मापन गर्न त पक्कै अप्ठ्यारै होला तर म यो भन्दिन कि ती निः शुल्क कखरा पढेका विद्यार्थीसँग प्राइभेट स्कुलबाट उत्पादित विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्दैनन् ।

नेपालका शिक्षाविदहरू प्राइभेट स्कुलहरूप्रति पूर्णतया पूर्वाग्रही देखिन्छन्, यसो किन भएको होला ? बुद्घिजीबिहरूको दृष्टिकोण त सन्तुलित हुनुपर्ने होइन र?
वहाँहरूको नियत खराब म देख्दिन । यति हो कि वहाँहरूमा नेपाली माइण्ड सेटकै प्रभाव छ, जुन माइन्ड सेटको लागि नेगेटिभ कुरा बढी प्रीतिकर हुन्छ र अरूको प्रगतिमा इष्र्या गर्नु मजा मानिन्छ । त्यो भन्दा बाहिर वहाँहरू अउन सक्नुभएको छैन । अर्को, सामुदायिक विद्यालयले प्राइभेटसँगको लेभलमा काम गर्न नसक्दाको पिरलो वहाँहरूमा देखिन्छ । जब कि हामी सामुदायिक विद्यालयको स्तर उन्नतीमा उत्तिकै कन्सस छौँ । यो भयो भने शिक्षामा धेरै लगानी गर्न नसक्ने तप्काका विद्यार्थीले आफूलाई कम पैसामा गुणस्तरीय शिक्षा राज्यले दिएको छ भन्ने हुन्थ्यो ।

यस्तो होला कि नेपाली शिक्षाविदका कुरा सुनेर राज्यले नीजि विद्यालयहरूलाई साइजमा खुम्च्याउँछ ?
त्यसो गर्नुहुँदैन भन्छु म । शिक्षाको परिपुरकको रूपमा, कम्प्लिमेट्री पार्टको रूपमा नीजि विद्यालयहरूलाई सधैँभरी अगाडी बढाउनु पर्छ । बरू प्राइभेट स्कुलले अनावश्यक शुल्क बृद्घि ग¥यो र उसका अन्य कमीकम्जोरी छन् भने तिनलाई नियन्त्रण र नियमन गरौँ । कतिपय प्राइभेट विद्यालयमा अयोग्य मानिसले म्यानेजमेन्ट चलाइरहेका छन्, तिनलाई फेरौँ । एउटाले गल्ति ग¥यो भनेर सबैलाई होलसेलमा व्यवहार नगरौँ । प्राइभेट विद्यालयलाई खुम्च्याउने होइन कि बरू सरकारी विद्यालयमा प्राइभेट म्यानेजमेन्ट बसार्लौँ ।

अलिकति वर्तमान करिकुलमको कुरा गरौँ, अहिलेको पाठ्यक्रमले विद्यार्थीको सिप र सिर्जनामा खासै चासो देखाउँदैन, चासो छ त खालि ढड्डा रटान र कागजी रिजल्टमा । यसलाई कसरी हेर्नुभएको छ?
तपाईँले उठाउनुभएको यो विषय अत्यन्त गम्भीर छ । हामीलाई यो बिस्तारै अनुभव हुँदैछ, पढिसकेपछि ज्ञान त प्राप्त भयो तर हामीले विद्यार्थीलाई सिप दिन सकेनौँ । हामीले शिक्षालाई जीवनसँग जोड्न सकेनछौँ ।

भनेपछि यहाँहरूलाई रियलाइज भइसक्यो कि यो पाठ्यक्रम परिपक्व छैन । यस विषयमा प्याब्सनले के गर्छ?
केही समय अघि हामीले कन्फरन्स ग¥यौँ । नेश्नल कन्फरन्स अन स्कुल एजुकेशन शिर्षकमा हायत होटलमा । लगभग हामी ४०० जना सहभागी भयौँ । त्यस कार्यक्रममा शिक्षा मन्त्रालयबाट १५ जना, शिक्षक महासङ्घ मार्फत सातै प्रदेशबाट एक एक जना सरकारी हेडसरहरू, एन प्याब्सनबाट ५ जना, हिसानबाट ५ जना लगायत थियौँ । उपप्रधानमन्त्री ज्यू आफैँ प्रमुख अतिथि भएर बोल्नु भयो । त्यस कार्यक्रम मार्फत हामीले ज्ञानसँगै सिप दिनको लागि अब हामीले सोच्नुपर्छ भनेर सरकारलाई घच्घच्यायौँ ।

नैतिक शिक्षाको पनि कमी महशुस गरिएको छ नि?
हो, उही कन्फरन्समा हामीले भ्याल्यु एजुकेसनको महत्व पस्कियौँ । भ्याल्यु भन्ने जुन चिज छ, त्यो मोरालिटी बाटै आउने हो । हामीले हाम्रा छोराछोरीलाई पैसा सबथोक हो, अहिलेको दुनियाँमा पैसाको मात्रै भ्याल्यु छ भनेर सिकाइरहेका छौँ । यही कारण पैसाको लागि पुरै विदेशिने चलन डरलाग्दो गरी बढेको छ । अहिलेको पुस्तामा पैसा सबथोक हो भन्ने परेको छ । जसले गर्दा थुप्रै महत्वपूर्ण कुराको भ्याल्यु मर्दैछ । त्यसकारण हामीले विद्यार्थीलाई आफ्नो माटो, मौलिक संस्कृति, समाज, राष्ट्र, र विश्वप्रतिको उत्तरदायित्व बोध गराउने, ती कुराको मुल्य बोध गराउने भ्याल्यु एजुकेशन अब अवलम्बन गर्नुपर्छ । यही कुरालाई पनिे हामीले उक्त कन्फरन्समा जोड दियौँ । हामीले स्वदेशको चाहिँ केही पनि ठिक छैन र विदेशको जे पनि ठिक छ भन्ने मानसिकता विस्तारै बदल्दै जानु आवश्यक छ । पैसा बाहेक अन्य धेरै कुरा पनि भ्याल्युएबल छन् भन्ने कुरा सिकाउने शिक्षा अब अनिवार्य छ ।

हामीलाई यो बिस्तारै अनुभव हुँदैछ, पढिसकेपछि ज्ञान त प्राप्त भयो तर हामीले विद्यार्थीलाई सिप दिन सकेनौँ । हामीले शिक्षालाई जीवनसँग जोड्न सकेनछौँ ।

प्याब्सनको अबको चुनौति के हो?
प्याब्सनको अहिलेको सबैभन्दा ठूलो चुनौति भनेको नेपालमा शिक्षाको बारेमा बुझ्ने शिक्षाविद् भनिएकाहरूले नै प्राइभेट विद्यालयहरूको बारेमा सबैभन्दा ज्यादा अबुझ कुरा गरिरहेका छन् । दोस्रो ठुलो चुनौति हो, नेपालका राजनीतिज्ञहरू जसले समाजशास्त्रीहरू भन्दा ज्यादा समाज बुझ्ेका छन् अनुभवबाट, तर, उनीहरूले पनि समाजको, शिक्षाको भविष्यमा भन्दा भोटको भविष्यमा आधारित रहेर काम गर्छन्, यसले सामाजिक, शैक्षिक रूपान्तरणमा कुनै गति दिँदैन ।

advertisement

उच्च शिक्षाको विद्यार्थीले पाउने छात्रबृत्तिलाई व्यवस्थित बनाउनु पर्ने कुरामा तपाईँले अत्यन्तै जोड गर्दै आउनु भएको छ । यसलाई कसरी व्यवस्थित बनाउन सकिएला?
यसमा केही कुरा प्राविधिक हिसाबले अप्ठ्यारा छन् । एउटा, विद्यार्थीले ६ देखि नै सरकारी÷सामुदायिक विद्यालयमा पढ्यो भने मात्रै उच्च शिक्षामा स्कलरसिप पाउने भन्या छ । यसले गर्दा विद्यार्थीले ८ सम्म नीजि विद्यालयमा पढेर ९ र १० मा पढ्न सरकारीमा जाने भए । त्यहाँ ८ सम्म विद्यार्थी छैन, ९ र १० मा सेक्सन नै सेक्सन विद्यार्थी हुने भए । अनि हाम्रो विद्यालयको कारण रिजल्ट राम्रो हुने जस चाहिँ सामुदायिक विद्यालयले पाउने भए । अर्को कुरा, त्यसरी पास भएका विद्यार्थीले स्कलरसिप पाउने भए । हेर्नुस्, अब स्कलरसिप चाहिँ फेरि सामुदायिक विद्यालय पढेको विद्यार्थीले पाउने भनिएकोमा घुमाइ फिराइ प्राइभेट पढेकैले पाए । वास्तविक स्कलरसिप पाउनु पर्ने विद्यार्थी त वञ्चित नै भए नि! त्यसैले, स्कलरसिप उपलब्ध गराउँदा दुईवटा कुरामा ध्यान दिने हो भने पुग्छः एउटा, शैक्षिक रूपमा योग्य र अर्को आर्थिक रूपले विपन्न । आर्थिक रूपले सम्पन्न अभिभावक सामुदायिकमा पनि हुन सक्छन् र विपन्न अभिभावक प्राइभेटमा पनि हुन सक्छन् । जात धर्मको आधारमा पनि यसलाई हेरिनुहुन्न; शैक्षिक खुबी र वर्गको आधारमा मात्रै हेरिनुपर्छ । किनभने, शिल्पी जाति पनि माथिल्लो वर्गको हुन सक्छ र उपल्लो भनिएको जाति पनि आर्थिक हिसाबले विपन्न हुन सक्छ ।

प्याब्सनको अहिलेको सबैभन्दा ठूलो चुनौति भनेको नेपालमा शिक्षाको बारेमा बुझ्ने शिक्षाविद् भनिएकाहरूले नै प्राइभेट विद्यालयहरूको बारेमा सबैभन्दा ज्यादा अबुझ कुरा गरिरहेका छन् ।

तपाईँहरूले एजुकेसन फेयर गर्दै हुनुहुन्छ, यसको उद्देश्य के हो?
हो, हामीले यो कार्यक्रम भृकुीमण्डपमा २१ –२४ मा गर्दैछौँ । इण्डियाबाट थुप्रै विद्यालयहरू आउने, स्टार होटलमा बसेर विद्यार्थी छनोट गर्ने, एक खालको एक्सपो जस्तै गरेर विद्यार्थी यही भर्ना गरेर जानुहुँदो रहेछ । यसले हामीलाई नराम्ररी स्ट्राइक ग¥यो । यो चिजलाई हामीले च्यलेन्ज गर्ने हो । नेपाल भित्रै पनि राम्र विद्यालयहरू छन् भनेर ती विद्यालयहरूलाई त्यहाँ उपस्थित गराउने, वहाँहरूको बारेमा जानकारी गराउने कार्यक्रम छ । सँगसँगै त्यसमा समिट भन्ने पाटो पनि जोडिएको छ । त्यो समिटमा चाहिँ शिक्षाविद् र शैक्षिक व्यवसायीहरूलाई विद्यार्थी अभिभावकसँग अन्तक्र्रिया गराउने र कमसेकम स्कुलकै लागि तपाईँहरू विदेश जान आवश्यक छैन भन्ने सन्देश हामीले दिन खोजेका छौँ ।

(प्राइभेट एण्ड बोर्डिङ स्कुलल्स अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय महासचिव कुमार घिमिरेसँग रसिक सम्यकले गर्नुभएको गहन शैक्षिक विमर्शमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?