एकैदिन भेटिएका नयाँ संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । उक्त अवधिमा कोरोना संक्रमणका कारण ६ सय ३० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा समग्र कोरोना संक्रमितको संख्या एक करोड २८ लाख नाघेको छ । अहिलेसम्म १ लाख ६६ हजार १७७ संक्रमितको मृत्यु पनि भइसकेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा भेटिएकामध्ये सबैभन्दा बढी नयाँ संक्रमित महाराष्ट्रमा भेटिएका छन् । महाराष्ट्रमा ५५ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् भने २९७ संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै कर्नाटक, दिल्ली, उत्तर प्रदेशलगायतका राज्‍यमा पनि कोरोनाको नयाँ संक्रमित बढ्दो छ।

कोरोना संक्रमण बढेसँगै महाराष्ट्र, दिल्ली तथा अन्य केही राज्यमा सामाजिक गतिविधिमा कडाइ गरिएको छ ।

हालसम्म भारतमा ८ करोड ७० लाखभन्दा बढी मानिसले कोरोना खोप लिइसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

" /> भारतमा २४ घण्टामा थप १ लाख १५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि, ६३० को मृत्यु - Sarbocha Media

भारतमा २४ घण्टामा थप १ लाख १५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि, ६३० को मृत्यु

`

     २०७७ चैत्र २५ गते ७:१८

एजेन्सी, २५ चैत। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख १५ हजार ७ सय ३६ जनामा कोरोेना संक्रमण पुष्टि भएको छन् ।

एकैदिन भेटिएका नयाँ संक्रमितको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । उक्त अवधिमा कोरोना संक्रमणका कारण ६ सय ३० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा समग्र कोरोना संक्रमितको संख्या एक करोड २८ लाख नाघेको छ । अहिलेसम्म १ लाख ६६ हजार १७७ संक्रमितको मृत्यु पनि भइसकेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा भेटिएकामध्ये सबैभन्दा बढी नयाँ संक्रमित महाराष्ट्रमा भेटिएका छन् । महाराष्ट्रमा ५५ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् भने २९७ संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै कर्नाटक, दिल्ली, उत्तर प्रदेशलगायतका राज्‍यमा पनि कोरोनाको नयाँ संक्रमित बढ्दो छ।

कोरोना संक्रमण बढेसँगै महाराष्ट्र, दिल्ली तथा अन्य केही राज्यमा सामाजिक गतिविधिमा कडाइ गरिएको छ ।

हालसम्म भारतमा ८ करोड ७० लाखभन्दा बढी मानिसले कोरोना खोप लिइसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?