काठमाडौँ, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी भारत जान लागेको स्रोतले जनाएको छ । दुई दिनसम्म भारतमा रहने उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस। जयशंकर, विदेश सचिव विक्रम मिस्री, राष्ट्रिय सुरक्षा सुरक्षा सल्लाहकार अजित डोभालसहित अन्य उच्चस्तरीय भेटघाट गर्ने तय भएको छ ।
उनले भारतीय जनता पार्टी का पदाधिकारीहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ ।




