काठमाडौँ, बैशाख १७ । नेपाली काँग्रेसका सभापति गगन थापाले सर्लाहीको सीमावर्ती क्षेत्र मधुवनीको भ्रमणपछि सीमा नीतिप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले सीमा क्षेत्रमा स्थानीय नागरिकसँगको अन्तर्क्रियापछि आफू गहिरो छटपटी र आक्रोश लिएर फर्किएको बताएका छन् । १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्नेु हाल कडाइका साथ लागू गर्न खोजिएको व्यवस्थाले त्यहाँका नागरिकको दैनिकी अत्यन्त कष्टकर बनेको उनको भनाइ छ ।
उनले सीमा क्षेत्रमा देखिएका केही प्रतिनिधि घटनाहरू सार्वजनिक गरेका छन् । बिहान कामका लागि सीमा पार गर्ने एक ज्यालादारी मजदुरलाई एउटा बिस्कुटको प्याकेटकै कारण दुई घण्टा रोकिनुपरेको र एक महिलाले पहिले सम्मानका साथ सीमा पार गर्ने अवस्था अहिले डरमा परिणत भएको गुनासो गरेको उल्लेख गरेका छन् ।



