मुग्लिन– नारायणगढ सडक खण्ड पुन : अवरुद्ध

`

     २०७९ भाद्र १६ गते १०:०९

काठमाडौं, भदौ १६ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

वर्षाका कारण आज बिहान करिब ५ः५० बजेतिर केराबारीस्थित मौरी पुलमा लेदोसहितको पहिरो खसेको हो । सडक डिभिजनसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

साँघुरो मौरी पुल खोलाको ग्राभेलले भरिएपछि खोला सडकभन्दा माथिबाट बगेको छ । पानी पर्ने बित्तिकै मौरी पुलमा लेदोसहितको पहिरो खस्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?