राष्ट्रिय परीक्षा बोर्डको अनुसार एसईईमा २२ हजार भन्दा बढी परीक्षार्थी अनुपस्थित

`

     २०७९ श्रावण ११ गते ६:१२

काठमाडौं, साउन ११ । एसईई परीक्षामा २२ हजार भन्दा बढी परीक्षार्थी अनुपस्थित रहेको पाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजाअनुसार २२ हजार ६४० जना परीक्षार्थी अनुपस्थित भएका हुन् ।

अनुपस्थित हुनेमा ११ हजार ९३७ जना छात्रा र १० हजार ७०२ जना छात्र रहेका छन् । जुन कुल परीक्षार्थीको २.७२ प्रतिशत हुन आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?