माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक

`

     २०७९ श्रावण ०४ गते ८:०६

काठमाडौं, साउन ४ । माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ । जसमा देशभरबाट २३ हजार ७२ जना उत्तीर्ण भएका छन् ।

बागमतीमा १ सय ८ जनाको परीक्षा रद्ध गरिएको छ । यस्तै, प्रदेश १ मा ३ हजार ८ सय ८२ उत्तीर्ण भएका छन् । प्रदेश १ मा ४३ जनाको परीक्षा रद्ध गरिएको छ । मधेश प्रदेशमा १७ सय २० जना उत्तीर्ण भएका छन् ।

९६ जनाको परीक्षा रद्ध गरिएको छ । गण्डकी प्रदेशबाट २६ सय ४५, लुम्बिनीबाट ३९ सय ७३, कर्णाली प्रदेशबाट १६ सय ४६ र सुदूरपश्चिमबाट दुई हजार ६१ जना उत्तीर्ण भएका छन् ।

आयोगका अनुसार गण्डकीमा ३६, लुम्बिनीमा ६५, कर्णालीमा ३९ र सुदूरपश्चिममा ५२ जनाको परीक्षा रद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?