हेर्टौँडा, १९ माघ । हेटौँडामा रोकी राखिएको दुई स्कुल बसमा आगलागी भएको छ । शनिबार राति हेटौँडा उपमहानगरपालका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्रको दुई बसमा शनिबार राति आगलागी भएको हो ।
स्थानीयका अनुसार आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्को आंशिक क्षति भएको छ । ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी भएको जनाइएको छ । स्थानीयवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएकाे बताइएको छ ।

आगलागी भएको कारण भने अहिलेसम्म नखुलेको प्रहरीले जनाए । प्रहरीका अनुसार स्कुल बसमा आगलागी भएको घटनामाथि अनुसन्धान भइरहको छ ।



