advertisement

निर्णय अनुसार कक्षा ८, ९ र १० का कक्षाहरु मात्रै सञ्चालन हुँदै आएकोमा अभिभावकहरूको पूर्व स्वीकृति, व्यवस्थापन समितिको निर्णय र पूर्व तयारी तथा कार्ययोजना बनाई बालविकासदेखि कक्षा १२ सम्मका कक्षाहरू माघ १ गतेदेखि सञ्चालन गर्न गराउन विद्यालयहरूलाई पत्राचार गर्ने निर्णय ग¥यो।

साथै विद्यालय सञ्चालनको क्रममा विद्यार्थी तथा शिक्षक/कर्मचारीहरूमा कोभिड–१९ सम्बन्धी कुनै समस्या देखिएमा आवश्यकताअनुसार विद्यालय पूरै वा आंशिक बन्द गर्न नगर शिक्षा शाखाबाट निर्देशन दिन सकिने व्यहोरा पनि सबै विद्यालयहरूलाई जानकारी गराउने निर्णय गरेको नगरपालिकाले जनाएको छ।

" /> भक्तपुरका सबै विद्यालयहरू माघ १ सञ्चालन हुने - Sarbocha Media

भक्तपुरका सबै विद्यालयहरू माघ १ सञ्चालन हुने

`

     २०७७ पौष २१ गते ११:३०

काठमाडाैं, २१ पुष । भक्तपुर नगरभित्र सञ्चालित सबै विद्यालयहरू २०७७ माघ १ गतेदेखि सञ्चालन हुने भएको छ। भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो।

पुस २० गते बसेको समितिको बैठकले कोरोनाका कारण लामो समयसम्म विद्यालय बन्द भई विद्यार्थीहरूको पठनपाठनमा प्रत्यक्ष असर परिरहेको कुरालाई ध्यानमा राखी यसअघि मङ्सिर २३ गते बसेको यस समितिको बैठकले नगरपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू पौष १ गतेदेखि कक्षा ८, ९ र १० लाई आलोपालो गरी भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय भएको थियो।

advertisement

निर्णय अनुसार कक्षा ८, ९ र १० का कक्षाहरु मात्रै सञ्चालन हुँदै आएकोमा अभिभावकहरूको पूर्व स्वीकृति, व्यवस्थापन समितिको निर्णय र पूर्व तयारी तथा कार्ययोजना बनाई बालविकासदेखि कक्षा १२ सम्मका कक्षाहरू माघ १ गतेदेखि सञ्चालन गर्न गराउन विद्यालयहरूलाई पत्राचार गर्ने निर्णय ग¥यो।

साथै विद्यालय सञ्चालनको क्रममा विद्यार्थी तथा शिक्षक/कर्मचारीहरूमा कोभिड–१९ सम्बन्धी कुनै समस्या देखिएमा आवश्यकताअनुसार विद्यालय पूरै वा आंशिक बन्द गर्न नगर शिक्षा शाखाबाट निर्देशन दिन सकिने व्यहोरा पनि सबै विद्यालयहरूलाई जानकारी गराउने निर्णय गरेको नगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?