advertisement

उनले विद्यालय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड र विद्यालय सञ्चालन कार्यविधि अपनाउन समेत निर्देशन दिँदै सामुदायिक विद्यालयलाई आवश्यक पर्ने साबुन, पानी र मास्क महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वास्थ्य विज्ञसहित महानगरले विद्यालय सञ्चालनको अवस्था थाहा पाउन अनुगमन समेत गर्ने निर्णय गरेको जनाएको छ ।

महानगरका शिक्षा सल्लाहकार लोकबहादुर खड्काले प्रविधि प्रयोग गरी लामो समयसम्म अध्ययन गरिरहेका विद्यार्थीमा मनोवैज्ञानिक समस्या उत्पन्न हुनसक्ने बताउँदै भने,‘नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड अपनाउँदै जतिसक्दो छिटो विद्यालय खोल्नुपर्छ ।’

ललितपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र क्षेत्रीले विद्यालय सञ्चालन गर्दा विद्यालयको पूर्वाधार, क्षमतालाई ध्यान दिनुपर्ने बताए । महानगरमा सामुदायिक र संस्थागत गरी झण्डै दुई सय पचास विद्यालय छन् । ती मध्ये ४० सामुदायिक विद्यालय हुन् ।

" /> विद्यालय खोल्न ललितपुर महानगरको अनुमति - Sarbocha Media

विद्यालय खोल्न ललितपुर महानगरको अनुमति

`

     २०७७ मंसिर २४ गते ११:३१

ललितपुर, २४ मंसिर । ललितपुर महानगरपालिकाले महानगरभित्रका विद्यालयलाई खोल्न दिने निर्णय गरेको छ । महानगरका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले विद्यालय खुला गर्ने अनुमति दिएको हो ।

विद्यालयले विद्यालय व्यवस्थापन समिति, अभिभावक शिक्षक समिति, वडा कार्यालयसँग समन्वय गरी विद्यायलय खोल्न पाउनेछन् । ‘विद्यालयको भौतिक पूर्वाधार, विद्यार्थी संख्या समान छैनन्, यी सबै कुरा मध्यनजर गर्दै विद्यालय कहिलेबाट र कसरी सञ्चालन गर्ने निर्णय व्यवस्थापन समितिलाई दिएका छौं, त्यो प्रभावकारी हुन्छ,’ मेयर महर्जनले भने ।

advertisement

उनले विद्यालय सञ्चालन गर्दा नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड र विद्यालय सञ्चालन कार्यविधि अपनाउन समेत निर्देशन दिँदै सामुदायिक विद्यालयलाई आवश्यक पर्ने साबुन, पानी र मास्क महानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वास्थ्य विज्ञसहित महानगरले विद्यालय सञ्चालनको अवस्था थाहा पाउन अनुगमन समेत गर्ने निर्णय गरेको जनाएको छ ।

महानगरका शिक्षा सल्लाहकार लोकबहादुर खड्काले प्रविधि प्रयोग गरी लामो समयसम्म अध्ययन गरिरहेका विद्यार्थीमा मनोवैज्ञानिक समस्या उत्पन्न हुनसक्ने बताउँदै भने,‘नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड अपनाउँदै जतिसक्दो छिटो विद्यालय खोल्नुपर्छ ।’

ललितपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र क्षेत्रीले विद्यालय सञ्चालन गर्दा विद्यालयको पूर्वाधार, क्षमतालाई ध्यान दिनुपर्ने बताए । महानगरमा सामुदायिक र संस्थागत गरी झण्डै दुई सय पचास विद्यालय छन् । ती मध्ये ४० सामुदायिक विद्यालय हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?