काठमाडौँ, १९ मंसिर । त्रिभुवन विश्वविद्यालय(त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको स्नातकोत्तर तहको अन्तिम परीक्षा दुई घन्टा मात्रै सञ्चालन हुने भएको छ। कोभिड-१९ संक्रमण जोखिमका कारण परीक्षा समय घटाइएको त्रिविका रजिस्ट्रार पेसल दाहालले बताएका छन्।

पहिला स्नातकोत्तर (एमए) व्यवस्थापन संकायको परीक्षा चार घण्टासम्म सञ्चालन गरिएको थियो। कोरोना त्रास कायमै रहेकाले परीक्षा समय घटाउने निर्णय विश्वविद्यालयले गरेको दाहालले बताए।
राष्ट्रिय परीक्षा बोर्डले काेरोनाका कारण कक्षा १२ को परीक्षा समय पनि घटाएर डेढ घण्टा तोकेको थियो। १२ को परीक्षा १६ मंसिरमा सकिएको छ।



